Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

सलमान खानलाई फेरि ज्यान मार्ने धम्की, तोकियो मिति

सलमान खानलाई फेरि ज्यान मार्ने धम्की, तोकियो मिति


  • 3.3K
    Shares

    सलमान खानलाई फेरि ज्यान मार्ने धम्की, तोकियो मिति
    images

    बलिउड अभिनेता सलमान खानलाई पुनः एक पटक धम्कीपूर्ण फोन आएको छ । फोन गर्ने व्यक्तिले सलमानलाई ३० अप्रिल (१७ वैशाख) मा हत्या गरिदिने धम्की दिएका छन् । उक्त फोन सोमबार राती ९ बजे आएको हो । 

    १० अप्रिलमा सलमान खानले आफ्नो आउँदो फिल्म ‘किसी का भाइ किसी की जान’ को ट्रेलर रिलिज गरे । ट्रेलर लन्च भएको रात मुम्बई प्रहरीको कन्ट्रोल रुममा सलमानको विषयमा एक धम्कीपूर्ण फोन आयो ।

    फोन गर्ने व्यक्तिले आफ्नो परिचय जोधपुरको गाई रक्षक रकी भाइको रूपमा दिएका छन् । ती व्यक्तिले प्रहरीलाई फोन गरेर ३० अप्रिलमा हत्या गरिदिने बताए । मुम्बई प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको छ ।  एजेन्सी

     

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - ११:००:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij