Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

ग्रीनलाइफको आइपीओ शुक्रबार ९ बजे बाँडफाँट हुने

ग्रीनलाइफको आइपीओ शुक्रबार ९ बजे बाँडफाँट हुने


  • 8.7K
    Shares

    ग्रीनलाइफको आइपीओ शुक्रबार ९ बजे बाँडफाँट हुने
    images

    काठमााडौं  । ग्रीनलाइफ हाइड्रोपावरकोे आइपीओ शुक्रबार बाँडफाँट हुने पक्का भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटलले शुक्रबार बिहान ९ बजे आफ्नै कार्यालयमा बाँडफाँट हुने जानकारी गराएको छ ।

    ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ३७ करोड ३० लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

    १३ लाख २६ हजार ७७ जनाले २ करोड ३७ लाख ३० हजार १८० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ७.३० गुणा बढी हो । यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको ३२ लाख ५१ हजार ६५२ कित्तालाई आधार मान्दा ३ लाख २५ हजार १६५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १० लाख ९०० भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।
     
    ग्रीनलाइफले माघ २३ गतेदेखि २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

    बाँकी ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारणले आवेदन दिने व्यवस्था रहेको थियो । यसले दोलखा जिल्लाको मारबु गाउपालिकामा, ४० मेगावटको खानीखोला १ हाइड्रोपावर निर्माण गरिरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण ५ २०७७ बुधवार - १६:४१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij