Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

बन्दुकधारीको आक्रमणमा परी ५० जनाको मृत्यु

बन्दुकधारीको आक्रमणमा परी ५० जनाको मृत्यु


  • 2.5K
    Shares

    बन्दुकधारीको आक्रमणमा परी ५० जनाको मृत्यु
    images

    नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक ग्रामीण गाउँमा बन्दुकधारी एक समूहले आक्रमण गर्दा दर्जनौँ व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् ।

    बेनुए राज्यको उमोगिडी समुदायमा बुधबार यो आक्रमण भएको बताइएको छ । उक्त स्थानमा घुमन्ते गोठालाहरू र जमिन र स्रोतहरूको लागि प्रतिस्पर्धा गर्ने स्थायी किसानहरू बीच बदलाका लागि भिडन्तहरू हुने गर्छन् ।

    उनले भने, “घटनामा ४६ जनाको मृत्यु भएको छ । धेरै मानिस अझै हराइरहेका छन् । त्यसैले मारिनेको सङ्ख्या अझै बढी हुन सक्छ,” बेनुए राज्यका प्रशासकका सुरक्षा सल्लाहकार पल हेम्बाले एएफपीलाई बताए ।

    उनले गोठालाहरूले विगत एक महिनादेखि स्थानीय समुदायमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् । उनले भने, “त्यस क्षेत्रमा सैनिक पठाइएको छ, त्यसैले अहिले स्थिति केही शान्त छ ।”

    आक्रमणको कारण स्पष्ट नभए पनि बेनुई किसान र गोठालाहरूबीचको झडपबाट सबैभन्दा बढी प्रभावित भएको छ । उनीहरूले आफ्नो गाईवस्तु चराएर खेतीयोग्य जमिन नष्ट गरेको आरोप किसानहरूले लगाएका छन् । एजेन्सी 

    प्रकाशित मिति :चैत्र २५ २०७९ शनिवार - ०५:०६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij