Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

अमेरिकामा शृंखलाबद्ध आँधीका कारण ५ जनाको मृत्यु

अमेरिकामा शृंखलाबद्ध आँधीका कारण ५ जनाको मृत्यु


  • 2.1K
    Shares

    अमेरिकामा शृंखलाबद्ध आँधीका कारण ५ जनाको मृत्यु
    images

    विगत २ हप्तादेखि शृंखलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ । बिहीवार बिहानै आएको आँधीमा परी ५ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । 

    आँधीले ग्लेन एलेन गाउँमा महाविनाश भएको छ । देशका ८ राज्यमा आएका दर्जनौं आँधीका कारण हालसम्म ६३ जनाले ज्यान गुमाएका छन् । बोलिञ्जर काउन्टीका धेरै घर ढलेका छन् भने विद्युत् आपूर्तिमा अवरोध भएको छ । 

    प्रारम्भिक विवरणअनुसार आँधीले ८७ वटा भौतिक संरचनामा क्षति पुगेको मिसौरी राज्यका एक अधिकारीले बताएका छन् । राज्यका गभर्नर माइक पार्सनले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेर पीडितहरूलाई सहयोग गर्ने बताएका छन् ।

    उनले राष्ट्रपति जो बाइडेनबाट संघीय सहयोगको आश्वासन प्राप्त भएको जानकारी पनि दिएका छन् ।

    प्रकाशित मिति :चैत्र २३ २०७९ बिहिवार - ११:०२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij