Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

१ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै महालक्ष्मी विकास बैंक, ब्याजदर कति ? 

१ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै महालक्ष्मी विकास बैंक, ब्याजदर कति ? 


  • 2.4K
    Shares

    १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै महालक्ष्मी विकास बैंक, ब्याजदर कति ? 

    काठमाडौँ । महालक्ष्मी विकास बैंकले चैत २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्कासन गर्न लागेको हो।

    बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। 

    सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याएको बैंकले बताएको छ। सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ४ लाख कित्तासम्म आवेदन दिन सकिन्छ।

    बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लिरिङ लिमिटेडबाट निर्माण गरिएको 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    इक्रा नेपालले बैंकलाई 'इक्रा एनपी इस्युअर रेटिङ डबल बी प्लस रेटिङ' प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ। 

    प्रकाशित मिति :चैत्र २२ २०७९ बुधवार - ०९:३८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij