Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

हिमालयन बैंकले खाता खोल्दा पाउने बीमा रकमको सीमा बढायो

हिमालयन बैंकले खाता खोल्दा पाउने बीमा रकमको सीमा बढायो


  • 2.6K
    Shares

    हिमालयन बैंकले खाता खोल्दा पाउने बीमा रकमको सीमा बढायो

    काठमाडौँ । हिमालयन बैंक लिमिटेड विभिन्न दुईथरीका खाता खोल्दा दिँदै आएको बीमाको रकम वृद्धि गरेको छ । बैंकले नारी बचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमाको सीमा रकम रु. ५ लाख बाट बृद्धि गरी रु. १० लाख बनाएको हो ।

    नारी बचत खाता नारीहरुको सम्मान स्वरुप विशेष गरी नारीहरुलाई लक्षित गरिएको योजनाको  रुपमा रहेको छ । यस्तै विशेष तलबी खाता कुनै पनि संघ संस्थामा आबद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाताको रुपमा रहेको छ । 

    रु. १० लाख सम्मको दुर्घटना मृत्यु बीमा बाहेक नारी वचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न बैंकिङ्ग सेवाहरुमा २५ प्रतिशतसम्म छुट रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    प्रकाशित मिति :चैत्र २० २०७९ सोमवार - १३:१५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij