Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

अमेरिकी सेनाका दुई हेलिकोप्टर दुर्घटना

अमेरिकी सेनाका दुई हेलिकोप्टर दुर्घटना


  • 2.2K
    Shares

    अमेरिकी सेनाका दुई हेलिकोप्टर दुर्घटना

    अमेरिकी सेनाका दुई ब्ल्याक हक हेलिकोप्टर दुर्घटना भएका छन्।

    केन्टकी राज्यमा प्रशिक्षण उडानका क्रममा हेलिकोप्टर दुर्घटना भएका हुन् भने दुर्घटनामा मानवीय क्षति पनि भएको हुनसक्ने अनुमान गरिएको छ।

    सेनाका प्रवक्ता नोन्डिस थर्मनले बिहीबार एक विज्ञप्ति जारी गर्दै दुर्घटना पुष्टि गरे। विमानमा कति जना सवार थिए र चालक दलका सदस्यको अवस्था के छ भन्ने यकिन जानकारी नआइसकेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

    केन्टकीका गभर्नर एन्डी बेसियरले दुर्घटनामा मानवीय क्षति भएको हुनसक्ने बताउँदै आपतकालीन उद्वार टोली खटाइएको प्रतिक्रिया दिएका छन्। 'फोर्ट क्याम्बेलबाट प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ, क्षतिको आशंका गरिएको छ,' उनले ट्विटरमा लेखेका छन्।

    दुर्घटना भएका एचएच ६० दुई ब्ल्याक हक विमान १०१ औँ एयरबोर्न डिभिजनका हिस्सा थिए। दुर्घटना स्थानीय समय अनुसार बुधबार राति १० बजे भएको बताइएको छ।

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - १२:४७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij