Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

ताइवानकी राष्ट्रपति पुगिन् अमेरिका, चीनले दियो गम्भीर टकरावको चेतावनी

ताइवानकी राष्ट्रपति पुगिन् अमेरिका, चीनले दियो गम्भीर टकरावको चेतावनी


  • 1.9K
    Shares

    ताइवानकी राष्ट्रपति पुगिन् अमेरिका, चीनले दियो गम्भीर टकरावको चेतावनी
    images

    काठमाडौं । ताइवानकी राष्ट्रपति साई इङ्ग वेन संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेकी छन् । चीनले अमेरिकी सभामुख केभिन म्याककार्थीले साईसँग भेट गरे गम्भीर प्रतिक्रिया दिने भन्दै चेतावनी दिएको छ ।

    मध्य अमेरिकाको भ्रमणमा गइरहेको साईको अमेरिकामा ट्रान्जिट परेको हो । उनले फर्किने बेला अमेरिकाको भ्रमण गर्ने र सभामुख म्याककार्थीसँग भेट गर्नसक्ने बताइएको छ । चीनले त्यस्तो कुनै पनि बैठकको निन्दा गर्दै उच्चस्तरीय भेटवार्ता भएमा त्यसले गम्भीर टकराव निम्त्याउन सक्ने चेतावनी दिएको बीबीसीले लेखेको छ । जवाफमा अमेरिकाले साईको भ्रमणलाई लिएर बेइजिङलाई उच्च प्रतिक्रिया नजनाउन भनेको छ ।

    यस विषयमा बोल्दै ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले बुधबार अमेरिकाले सामान्य स्थिति देख्ने अपेक्षा राखेको बताएका छन् । ताइवानको राष्ट्रपतिको रूपमा साईको अमेरिकामार्फत यो सातौँ ट्रान्जिट हो ।

    सन् १९९४ यता ताइवानी लिडरको अमेरिकामा परेको हो २९औँ ट्रान्जिट हो । बुधबार न्युयोर्क पुगेकी साईलाई उनको होटल बाहिर उनलाई धेरै समर्थकहरूले स्वागत गरेका थिए ।

    मध्य अमेरिकामा आफ्नो सम्बन्ध बलियो राख्न यस हप्ता साईले ग्वाटेमाला र बेलिजको भ्रमण गर्ने र लस एन्जलस हुँदै फर्कनुअघि वरिष्ठ अमेरिकी नेताहरुसँग भेट गर्नसक्ने अनुमान गरिएको छ ।

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - ११:४२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij