Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

रामनवमीमा महाराष्ट्रको राम मन्दिर बाहिर आगजनी, प्रहरीको गाडी पनि तोडफोड

रामनवमीमा महाराष्ट्रको राम मन्दिर बाहिर आगजनी, प्रहरीको गाडी पनि तोडफोड


  • 2.0K
    Shares

    रामनवमीमा महाराष्ट्रको राम मन्दिर बाहिर आगजनी, प्रहरीको गाडी पनि तोडफोड
    images

    भारतको महाराष्ट्रको औरंगाबाद शहरको नाम परिवर्तन गरेर 'छत्रपति संभाजीनगर' राखिएको एक महिनापछि तनावको अवस्था सिर्जना भएको छ । रामनवमीको अवसरमा यहाँको किराडपुरामा २ समूहबीच झडप भएको हो।

    अनियन्त्रित भीडले प्रहरीमाथि आक्रमण गर्नुका साथै प्रहरीको गाडीमा ढुंगामुढासमेत गरेको थियो । आक्रमणमा २ प्रहरीसहित ५ जना घाइते भएका छन् । बुधबार राति शुरू भएको झडप बिहान साढे बजेसम्म जारी रहेको थियो। 

    आज रामनवमीको अवसरमा भारतका विभिन्न शहरका कार्यक्रम आयोजना गरिएको छ । राति करिब पौने १२ बजे युवकको एउटा समूह मन्दिरतर्फ गइरहेको बेला अर्को समूहले आक्रमण गरेको थियो। दुवै समूहबीच गाली हानाहान भएको प्रहरीले जनाएको छ।केही समयपछि एक समूहले मन्दिरतर्फ ढुंगा हानेको थियो ।

    ज्यान जोगाउन मन्दिरभित्र पसेका केही मानिसमाथि पनि आक्रमण भएको थियो । मानिसहरूले प्रहरीलाई बोलाए पनि प्रहरी आइपुग्दा आगजनी शुरू भइसकेको थियो। आन्दोलनकारीले मन्दिर अगाडि पार्किङ गरिएको प्रहरीको गाडीमा समेत आगजनी गरेका थिए ।

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - १०:१३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij