Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

अमेरिकामा शक्तिशाली आँधी, २६ जनाको मृत्यु

अमेरिकामा शक्तिशाली आँधी, २६ जनाको मृत्यु


  • 2.9K
    Shares

    अमेरिकामा शक्तिशाली आँधी, २६ जनाको मृत्यु
    images

    अमेरिकाको दक्षिणी राज्य मिसिसिपीमा शक्तिशाली टोर्नाडो आँधीका कारण आइतबारसम्म २६ जनाको मृत्यु भइसकेको छ ।

    टोर्नाडोका कारण सयौँ मानिसहरू विस्थापित भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । आज आइतबार पनि अलबामा र जर्जियाका कैयौँ क्षेत्रमा आँधीको असर देखिने पूर्वानुमान गरिएको छ ।

    मिसिसिपीका गभर्नर टेट रिभ्सले टोर्नाडोको विध्वंशपछि राज्यमा आपतकालीन अवस्थाको घोषणा गर्ने बताएका छन् । यो आँधीले कैयौँ ग्रामीण क्षेत्रलाई बर्बाद गरिदिएको छ ।

    रोलिङ फोर्क क्षेत्र त लगभग पुरै ध्वस्त भएको बीबीसीले जनाएको छ । सो क्षेत्रमा दुई हजार मानिस बसोबास गर्दथे । त्यहाँका सयभन्दा बढी घरलाई टोर्नाडोले उडाएर लगेको बताइएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले मिसिसिपीको तस्वीरहरू देखेर आफूलाई दुःख र चिन्ता लागेको बताउँदै केन्द्र सरकारले सहयोग र उद्धारको लागि हरेक प्रयास गर्ने बताएका छन् । 

    प्रकाशित मिति :चैत्र १२ २०७९ आइतवार - ११:४१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij