Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

मन्त्रालय भागबण्डामा अप्ठेरो, दलहरुले धेरै मन्त्रालय दाबी गर्दा मन्त्रिपरिषद् विस्तारमा सकस

मन्त्रालय भागबण्डामा अप्ठेरो, दलहरुले धेरै मन्त्रालय दाबी गर्दा मन्त्रिपरिषद् विस्तारमा सकस


  • 2.3K
    Shares

    मन्त्रालय भागबण्डामा अप्ठेरो, दलहरुले धेरै मन्त्रालय दाबी गर्दा मन्त्रिपरिषद् विस्तारमा सकस
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही साताभित्र मन्त्रिपरिषद विस्तारको तयारीमा छन् । गत पुष १० मा नेकपा (एमाले)को समर्थनबाट प्रधानमन्त्री बनेका प्रचण्ड एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँगै उनी अल्पमतमा परेका थिए ।

    उनले गत चैत्र छ गते पुनः विस्वासको मत लिइसकेका छन् । प्रचण्डलाई १० दल र केही स्वतन्त्र सांसदहरुले विश्वासको मत दिएका थिए । यो सँगै प्रधानमन्त्री प्रचण्ड १० दलीय सत्ता गठबन्धनको सहमतिमै मन्त्रिपरिषद विस्तारको तयारीमा छन् ।

    अहिले १६ वटा मन्त्रालयको बोझ स्वयम् प्रधानमन्त्रीमा रहेको छ । यतिधेरै मन्त्रालय प्रधानमन्त्रीमा रहँदा दैनिक काम कारबाही नै प्रभावित हुने गरेको भनेर उनको आलोचनासमेत हुन थालेको छ ।                                                                            

    प्रचण्ड निकट स्रोतका अनुसार उनी अहिले मन्त्रालय भागबण्डा मिलाउन छलफलमा जुटेका छन् । अबको दुई दिनभित्र मन्त्रिपरिषद विस्तार भइसक्ने उनी निकट स्रोतको भनाई छ ।

    अहिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सबै दललाई सरकारमा सहभागी गराउँदा कांग्रेसको भागमा ६ देखि ८ मन्त्रालय पर्ने भएपनि कांग्रेसले अहिले १० वटा मन्त्रालयको अडान नछाड्दा प्रचण्डलाई थप सकस परेको छ ।

    गृह मन्त्रालयमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीको दाबी रहेको छ । त्यसैगरी, अर्थ मन्त्रालयमा माओवादी र कांग्रेसको दाबी रहेको छ । यद्यपि प्रचण्ड यी दुई मन्त्रालय आफ्नै पार्टीमा राख्न चाहन्छन् । यी मन्त्रालयमा कुरा नमिल्दा प्रचण्डलाई मन्त्रिपरिषद विस्तारमा थप सकस भएको छ ।

    प्रकाशित मिति :चैत्र ८ २०७९ बुधवार - १२:५९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij