Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

नेकपा (संयुक्त) को विशेष राष्ट्रिय सम्मेलन माघ ३ र ४ गते

नेकपा (संयुक्त) को विशेष राष्ट्रिय सम्मेलन माघ ३ र ४ गते


  • 92
    Shares

    नेकपा (संयुक्त) को विशेष राष्ट्रिय सम्मेलन माघ ३ र ४ गते
    images

    काठमाडौं । घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) आगामी माघ ३ र ४ गते विशेष राष्ट्रिय सम्मेलन गर्ने भएको छ । पार्टी एकतापछि आइतबार बसेको पहिलो संयुक्त बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष भुसालले माघमा विशेष सम्मेलन गर्ने निर्णय गरेको बताएका हुन् । 

    सम्मेलनले पार्टीको अन्य दस्तावेज र विधानहरू ल्याउने पनि भुसालको भनाइ छ । त्यस्तै बैठकले घनेन्द्र बस्नेत, कृष्णप्रसाद भण्डारी, खेमबन्धु कोइरालालाई वरिष्ठ नेतामा मनोनयन गरेको छ । 

    बैठकले चार जनाको दस्ताबेज मस्यौदा कमिटी गठन गरेको सो पार्टीले जनाएको छ । मस्यौदा कमिटीमा घनश्याम भुसाल, केदार शर्मा, विजय पौड्याल र डम्बर बुढाथोकी रहेका छन् ।

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - १५:२४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij