२०८२ मंसिर १५ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि संस्थापन समूहका नेताहरू पुस मसान्तमा नियमित महाधिवेशन गर्ने प्रस्ताव स्वीकार गर्न सहमत भएका छन् ।
बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस मसान्तमा नियमित महाधिवेशन गर्ने प्रस्ताव स्विकार्न आग्रह गर्दा सभापति देउवासँग छलफल गर्ने बताएका संस्थापन पक्षीय नेताहरू सभापति देउवासँगको छलफल पछि स्विकार्न सहमत भएका हुन् ।
देउवालाई भेट्न पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला तथा नेताहरू बालकृष्ण खाण, रणबहादुर रावल, सिता गुरुङ, कुन्दन काफ्ले, गुरु बरालसहित पुगेका थिए ।
नियमित महाधिवेशनको कार्यतालिका आएपछि विशेष महाधिवेशनको औचित्य सकिने निधिले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij