Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने कांग्रेसको सर्वसम्मत निर्णय

पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने कांग्रेसको सर्वसम्मत निर्णय


  • 1.0K
    Shares

    • images
    पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने कांग्रेसको सर्वसम्मत निर्णय

    काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६,२७ र २८ गते हुने भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिएका छन् । 

    बैठकले वडा अधिवेशन पुस १६ गते, पालिका अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते गर्ने निर्णय भएको प्रवक्ता डा. महतले जानकारी दिएका हुन् । 

    प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एउटा प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा पुस २२ गते र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते गर्ने निर्णय गरेको छ । 

    त्यस्तै पार्टीको सात प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते गर्ने निर्णय कांग्रेसले गरेको छ ।

     

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - १५:३७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij