Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने कांग्रेसको सर्वसम्मत निर्णय

पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने कांग्रेसको सर्वसम्मत निर्णय


  • 365
    Shares

    पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने कांग्रेसको सर्वसम्मत निर्णय
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६,२७ र २८ गते हुने भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिएका छन् । 

    बैठकले वडा अधिवेशन पुस १६ गते, पालिका अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते गर्ने निर्णय भएको प्रवक्ता डा. महतले जानकारी दिएका हुन् । 

    प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एउटा प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा पुस २२ गते र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते गर्ने निर्णय गरेको छ । 

    त्यस्तै पार्टीको सात प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते गर्ने निर्णय कांग्रेसले गरेको छ ।

     

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - १५:३७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij