Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

अब जेनजीहरुसँग वार्ता र संवाद गरौँ, सबै आफैंले जानेजस्तो नगरौं,’ : प्रचण्ड

अब जेनजीहरुसँग वार्ता र संवाद गरौँ, सबै आफैंले जानेजस्तो नगरौं,’ : प्रचण्ड


  • 1.3K
    Shares

    अब जेनजीहरुसँग वार्ता र संवाद गरौँ, सबै आफैंले जानेजस्तो नगरौं,’ : प्रचण्ड
    images

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी हस्तक्षेप र राष्ट्रिय संकटको सामना गर्न सेना र प्रहरी मात्र पर्याप्त नहुने भन्दै ३ करोड नेपाली जनताको ‘राष्ट्रिय फौज’ तयार गर्नुपर्ने बताएका छन् ।

    नेपालसँग ठुला शक्ति राष्ट्रहरूसँग लड्नका लागि मिसाइल वा अत्याधुनिक हतियार बनाउने सामर्थ्य नभएको, तर जनताको तागत भने रहेको बताएका हुन् ।

    ‘हाम्रो सेनाले सायद चाहेर पनि हाम्रा ऐतिहासिक धरोहर बचाउन सकेन । राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सेना वा प्रहरीले मात्र पुग्दो रहेनछ,’ प्रचण्डले भने, ‘अहिले तत्काल ठुला शक्तिसँग लड्न मिसाइल बनाउन सक्ने तागत हामीसँग छैन । तर, ३ करोड नेपाली जनताको राष्ट्रिय फौज बनाउन सक्ने तागत छ । यदि त्यस्तो भयो भने दुनियाँको कुनै पनि शक्तिले नेपाललाई हराउन सक्दैन ।’

    अब विचार बुढो र तन्नेरी नहुने भन्दै उनले छोराछोरी र नातिनातिना पुस्तासँग सिक्न तयार हुनुपर्ने बताए । ‘हामी धेरै पछि परिसकेका छौँ । अब जेनजीहरुसँग वार्ता र संवाद गरौँ, सबै आफैंले जानेजस्तो नगरौं,’ प्रचण्डले भने, ‘अहिले जेनजीहरुले हाम्रो अभिभावक नेपाली कम्युनिस्ट पार्टी नै हो भन्दै प्रवेश गरिरहेका छन् ।’

    उनले १६ वटा पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले अब वैज्ञानिक समाजवाद, आर्थिक समृद्धि र रोजगारी सिर्जनाको नेतृत्व गर्ने दाबी समेत गरे ।

     

    प्रकाशित मिति :मंसिर १५ २०८२ सोमवार - १७:२६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij