Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दाको जवाफी बहस सकियो, तोकियो फैसलाको मिति !  

प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दाको जवाफी बहस सकियो, तोकियो फैसलाको मिति !  


  • 6.6K
    Shares

    प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दाको जवाफी बहस सकियो, तोकियो फैसलाको मिति !  

    काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दा दायर गरेका १३ निवेदकका पक्षबाट जवाफी बहस सकिएको छ। सोमबार निवेदक पक्षको जवाफी बहस सकिएपछि मंगलबारबाट एमिकस क्युरीले राय पेस गर्ने भएको हो।

    एमिकसमा पाँच जना रहेका अधिवक्ताहरू छन्। सर्वोच्च बारबाट मगाइएका २ जना र नेपाल बार एसोसिएसनबाट मगाइएका तीन जनाले राय पेस गरेपछि प्रतिनिधि सभा विघटनको मुद्दामा बहस सकिनेछ। 

    यसपछि भने संवैधानिक इजलासले निर्णय सुनाउने मिति तोक्न सक्नेछ। श्रोतका अनुसार फागुन १५ गते अन्तिम फैसला सुनाइने छ। सोमबार वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, गोविन्द बन्दी, कृष्णप्रसाद भण्डारी र टीकाराम भट्टराईसहितले विघटनका विरुद्धमा बहस गर्दै संसद् पुनर्स्थापनाका पक्षमा बहस गरेका थिए।

    यसअघि नै सरकारी पक्ष, सभामुख र प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायीले बहस गरेका थिए। मुद्दामा बहस भने निवेदक पक्षबाट सुरु भएको थियो।

    प्रकाशित मिति :फाल्गुण ३ २०७७ सोमवार - १६:३८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij