Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटमा सुनुवाइ हुँदै

रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटमा सुनुवाइ हुँदै


  • 617
    Shares

    रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटमा सुनुवाइ हुँदै

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिट सुनुवाइका लागि पेसी तोकिएको छ ।

    चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वोच्च अदालत पुगेका हुन् । चौधरीको रिट न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । 

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गरेका उनको उम्मेदवारी निर्वाचन आयोगले बिहीबार खारेज गरेको थियो । 

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - ११:११:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij