Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

सुन चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड ब्रेक, तोलामा ३ लाख ४ हजार नजिक

सुन चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड ब्रेक, तोलामा ३ लाख ४ हजार नजिक


  • 547
    Shares

    सुन चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड ब्रेक, तोलामा ३ लाख ४ हजार नजिक

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेको हो ।

    योसँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन तोलामा ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २९० रुपैयाँले बढेर तोलामा ६ हजार ४८० रुपैयाा कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ६ हजार १९० रुपैयाँमा चाँदी कारोबार भएको थियो।

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - ११:०४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij