Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

अण्डाको मूल्य बढ्यो, कति पुग्यो प्रतिक्रेट ?

अण्डाको मूल्य बढ्यो, कति पुग्यो प्रतिक्रेट ?


  • 526
    Shares

    अण्डाको मूल्य बढ्यो, कति पुग्यो प्रतिक्रेट ?

    काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा अण्डाको माग उच्च भएको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो ।

    ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य रु चार सय ९५ पुगेको छ । यसअघि प्रतिक्रेट रु चार सय ६५ मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य रु ३० ले बढेको हो । यस्तै मझौला अण्डाको फार्म मूल्य रु चार सय ७५ कायम गरिएको छ । यसअघि यो अण्डा रु चार सय ४५ मा बिक्री हुँदै आएको थियो ।

    गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा रु पाँच सय ६५ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको रेट रु पाँच सय ५० थियो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपालमा निर्वाचनको माहोल बन्नु, निर्वाचनसँगै सीमा क्षेत्रमा भएको कडाइका कारण अण्डाको मूल्यमा वृद्धि भएको छ ।

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - ११:०१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij