Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

दाङमा कार्यरत प्रहरी जवान मृत भेटिए

दाङमा कार्यरत प्रहरी जवान मृत भेटिए


  • 561
    Shares

    दाङमा कार्यरत प्रहरी जवान मृत भेटिए

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवान मृत भेटिएका छन् । घोराही उपमहानगरपालिका-२ रामपुर निवासी हरी जिसी मृत फेला परेका हुन् ।

    माघ ८ गते बिहानको ड्यूटी सकेर निस्केका जिसी तीन दिनसम्म बेपत्ता भएका थिए । उनको स्कुटी बाटोमा भेटिएको थियो । खोजी गर्दा घोराही उपमहानगरपालिका-१८ घरडौराको जंगलमा उनी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    स्रोतका अनुसार उनका बुबाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयूमा राखेर उपचार भइरहेको थियो । बिदा माग्दा नपाएपछि उनी तनावमा थिए ।

    जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, एसपी दीपक श्रेष्ठले पोस्टमार्टम पूरा भइसकेको र मोबाइलको लक खुल्नेबित्तिकै मात्रै मृत्युको कारण खुल्ने बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

     

     

    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - १०:५५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij