Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

प्रभु बैंक र सीजी मोटर्सबीच सम्झौता, विद्युतीय सवारीसाधन किन्न सस्तोमा कर्जा दिने

प्रभु बैंक र सीजी मोटर्सबीच सम्झौता, विद्युतीय सवारीसाधन किन्न सस्तोमा कर्जा दिने


  • 2.0K
    Shares

    • images
    प्रभु बैंक र सीजी मोटर्सबीच सम्झौता, विद्युतीय सवारीसाधन किन्न सस्तोमा कर्जा दिने
    images

    काठमाडौँ । प्रभु बैंक लिमिटेड र सीजी मोटर्स प्रा.लि. बिच सम्झौता भएको छ । बैंक र मोटर्सबीच सीजी विद्युतीय सवारीसाधन किन्नको लागि सस्तोमा कजाृ दिन उक्त सम्झौता भएको हो । 

    उक्त सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सी.जी मोटर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले हस्ताक्षर गरेका हुन् । 

    बैंक र सीजी मोटर्सबिच सम्पन्न उक्त सम्झौता अनुसार सी.जी मोटर्स प्रा.लि.बाट ग्राहकहरुलाई सी.जी मोटर्सले आयात गरेको नेटा भी मोडेल÷ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । 

    हाल बैंकको देशभर रहेको ३६५ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - १३:५९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij