Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

ललिता निवास प्रकरणमा माधवकुमार नेपालबारे प्रमाण बुझ्न अख्तियारलाई सर्वोच्चको आदेश

ललिता निवास प्रकरणमा माधवकुमार नेपालबारे प्रमाण बुझ्न अख्तियारलाई सर्वोच्चको आदेश


  • 7.1K
    Shares

    ललिता निवास प्रकरणमा माधवकुमार नेपालबारे प्रमाण बुझ्न अख्तियारलाई सर्वोच्चको आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन मन्त्रिपरिषदको निर्णयका आधारमा मुद्दा चलाउन अख्तियारको निर्णयको प्रमाण झिकाउने आदेश दिएको छ ।

    तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि मुद्दा चलाउन माग गर्दै परेको रिटमाथिको सुनुवाई गर्दै अदालतले प्रमाण बुझ्ने आदेश दिएको हो ।

    बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सलग्नता रहेको भए पनि अनुसन्धान गरी मुद्धा चलाउने बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको भन्दै उनीहरुलाई समेत बिपक्षी बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा सुनुवाइ भएको थियो ।

    वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं समेतलाई विपक्षी बनाइ राजनीतिक नेतृत्वलाई बचाउने गरी आयोगले निर्णय गरी मुद्धा चलाएको भन्दै तत्कालीन प्रधानमनत्रीलाई समेत मुद्दा चलाउन माग गरेर रिट दायर गरेका थिए ।

    प्रकाशित मिति :फाल्गुण २ २०७७ आइतवार - १५:५२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij