Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

५ लाख लिएर ओलीको पक्षमा बहस गरेका वकिलले माधव र बाबुराम विरुद्ध हालेको मुद्दामा सुनुवाई हुँदै

५ लाख लिएर ओलीको पक्षमा बहस गरेका वकिलले माधव र बाबुराम विरुद्ध हालेको मुद्दामा सुनुवाई हुँदै


  • 7.5K
    Shares

    ५ लाख लिएर ओलीको पक्षमा बहस गरेका वकिलले माधव र बाबुराम विरुद्ध हालेको मुद्दामा सुनुवाई हुँदै

    काठमाडौँ । बालुवाटार जग्गा प्रकरणमा नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमा पेसी तोकिएको छ।

    सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा सो मुद्दाको पेसी परेको हो। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बालुवाटार जग्गा हिनामिना प्रकरणमा उनीहरुविरुद्ध मुद्दा चलाउनुपर्ने भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाई २०७६ माघ २९ गते सो रिट दायर गरेका थिए।

    न्यौपानेले संसद विघठन बिरुद्द परेको मुद्दामा प्रधानमन्त्री ओलीका पक्षमा बहस गरेका हुन्। 

    उनले पांच लाख लिएर बहस गरेको श्रोतको भनाई छ।  सो मुद्दा आइतबारका लागि अग्राधिकारसहित पेसी तोकिएको छ। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराई सो जग्गा हिनामिना गरिएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध मुद्दा चलाएको छ। तर ती निर्णय हुँदाताकाका प्रधानमन्त्री रहेका नेपाल र भट्टराईलाई समेत मुद्दा चलाउन आदेश दिन माग गर्दै वरिष्ठ अधिवक्ता न्यौपानेले रिट दायर गरेका हुन्।

    प्रकाशित मिति :फाल्गुण २ २०७७ आइतवार - १४:०६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij