२०८२ माघ ११ गते आइतवार
काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरुद्धमा परेका मुद्दाहरुमाथि सर्वोच्च अदालतमा जवाफी बहस सुरु भएको छ। संवैधानिक इजलासमा जारी सुनुवाईमा आजबाट जवाफी बहस शुरु भएको हो ।
निवेदक सन्तोष भण्डारीको तर्फबाट अधिवक्ता विकास भट्टराईले जवाफी बहस शुरु गरेका छन् । त्यसै क्रममा अधिवक्ता दिनेश त्रिपाठीले जवाफी बहसका लागि दुई दिनको समय माग गरेका छन् ।
इजलासले भने समय तोकेको छैन। त्रिपाठीले दुई दिन समय मागेपछि न्यायाधीश सपना प्रधान मल्लले प्रश्न गरिन्, "यत्रो बहस भइसक्यो। तपाईंहरू नै बाहिर फैसला ढिलो भयो भन्नुहुन्छ।"
जवाफमा त्रिपाठीले भोलिसम्म सिध्याउने भनाई राखेका थिए । एक जना अधिवक्ताले भने समय एक दिनमात्र दिए हुन्छ भनेका छन् ।
तर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गम्भीर रूपमा जवाफको तयारी गरेकाले सुरूमा बोल्न अनुरोध गरे। नाममात्रै टिपाउने उद्देश्य भएकालाई पछि छोटोछोटो बोल्न आग्रह उनको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij