Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

युएईलाई हराउँदै नेपाल यू-१९ विश्वकपमा छनोट, टोलीलाई जनही १ लाख दिने घोषणा

युएईलाई हराउँदै नेपाल यू-१९ विश्वकपमा छनोट, टोलीलाई जनही १ लाख दिने घोषणा


  • 2.6K
    Shares

    युएईलाई हराउँदै नेपाल यू-१९ विश्वकपमा छनोट, टोलीलाई जनही १ लाख दिने घोषणा
    images

    काठमाडौं। आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपका लागि छनोट भएको छ।  नेपालले युएईलाई सात रनले पराजित गरेको हो।

    नेपालका लागि हेमन्त धामिले ४२ ओभर २ बलमा युएईका इथान कार्ल डिसुजालाई आउट गरे दिपेस कडेलले  ३४ ओभर ३ बलमा युएईका ध्रुव पराशरलाई आउट गरे।  

    सुबास भण्डारीले २१ ओभर ६ बलमा युएईका आयान अफजल खानलाई आउट गर्दा २० ओभरमा यूएईका आरेन सक्सेनालाई दिपेस कडेलले आउट गरेका हुन्। सुबास भण्डारीले १८ ओभरमा यूएईका आरेनस शर्मालाई आउट गरे। यसअघि अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ९१ रन बनायो।  

    नेपालका लागि कप्तान देव खनालले ५१ रनको अर्धशतकीए इनिङ खेले। देवले ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरेका थिए। त्यस्तै विशाल विक्रम केसीले ३८ रन बनाउँदा उत्तम मगरले ३६ रनको योगदान गरेका थिए। नेपालका लागि दिपेश कडेलले रन बनाउँदा हेमन्त धामी १३ तथा मिलन बोहोराले १० रनको योगदान गरेका थिए।

    बलिङतर्फ यूएईका लागि धुरुव प्रशारनले तीन विकेट लिएका थिए भने हरित हरिस सेट्टी र आर्यान आफिज खानले दुई–दुई विकेट लिएका थिए। प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको थियो।

    नेपाल क्रिकेट संघ (क्यान) ले आगामी वर्ष श्रीलंकामा हुने आर्यसीसी यू १९ विश्वकपमा स्थान बनाएको नेपाली क्रिकेट टोलीलाई जनही १ लाख रुपैयाँ दिने घोषणा गरेको छ। क्यानले यू १९ टोलीलाई बधाई दिँदै टोलीको सफलताको कदर गरी पुरस्कार रकम दिने घोषाणा गरेको हो। 

    प्रकाशित मिति :फाल्गुण १८ २०७९ बिहिवार - २०:४०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij