Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

ललितानिवास जग्गा प्रकरणमा माधव नेपालविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै, अख्तियार पनि जुर्मुराउने  

ललितानिवास जग्गा प्रकरणमा माधव नेपालविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै, अख्तियार पनि जुर्मुराउने  


  • 9.1K
    Shares

    ललितानिवास जग्गा प्रकरणमा माधव नेपालविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै, अख्तियार पनि जुर्मुराउने  

    काठमाडौँ । बालुवाटारको ललितानिवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन मन्त्रिपरिषदको निर्णयका आधारमा  तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि मुद्दा चलाउन माग गर्दै परेको रिटमाथिको सुनुवाइका लागि आज पुनः पेसी तोकिएको छ ।

    बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संलग्नता रहेको भए पनि अनुसन्धान गरी मुद्दा चलाउने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको भन्दै उनीहरुलाई समेत विपक्षी बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज हुन लागेको हो । श्रोतका अनुसार अख्तियारले फेरी छानबिन गरि नेपाल बिरुद्द मुद्दा चलाउँदै छ। 

    सर्वोच्च अदालतका न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासमा सो मुद्दाको सुनुवाइको लागि पेसी तोकिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं समेतलाई विपक्षी बनाई राजनीतिक नेतृत्वलाई बचाउने गरी आयोगले निर्णय गरी मुद्दा चलाएको भन्दै तत्कालीन प्रधानमन्त्रीलाई समेत मुद्दा चलाउन माग गरेर रिट दायर गरेका थिए । हरि फुयाल ओली पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधिबक्ता थिए। 

    यसअघि पेसी तोकिए पनि हेर्न नभ्याइने भनेर सरेको मुद्दाको सुनुवाइका लागि आज पुनः पेसी तोकिएको हो

    प्रकाशित मिति :फाल्गुण २ २०७७ आइतवार - १२:४३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij