Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सन्दीप आज यूएई जाँदै, आईसीसीको अनुमति आउन बाँकी

सन्दीप आज यूएई जाँदै, आईसीसीको अनुमति आउन बाँकी


  • 2.6K
    Shares

    सन्दीप आज यूएई जाँदै, आईसीसीको अनुमति आउन बाँकी
    images

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाने जाँदै छन् । सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई नेपाली राष्ट्रिय टिममा थप गर्नका लागि यूएई पठाउन लागेको हो ।

    विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपाल सहभागी छ । विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन् । सर्वोच्चले आइतबार उनको प्रतिबन्ध फुकुवा गरेपछि यूएई जाने बाटो खुलेको हो ।

    क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई आज यूएई पठाउन लागिएको जानकारी दिए । उनका अनुसार आईसीसीसँग कुराकानी भइरहेको छ ।

    यूएईमा खेलिरहेको राष्ट्रिय टिमका एक–दुई खेलाडी चोटग्रस्त भएकाले एकजनालाई सन्दीपले प्रतिस्थापन गर्ने गरी पठाउन लागिएको उनको भनाइ छ । कसलाई प्रतिस्थापन गर्ने भन्ने चाहिँ टिम म्यानेजर र प्रशिक्षकले तय गर्ने उनले बताए ।

    आईसीसीको प्रावधान अनुसार कुनै पनि श्रृंखलाको बीचमा खेलाडी घाइते भएमा उसलाई रिजर्भमा रहेको अर्को खेलाडीले प्रतिस्थापन गर्न सक्छ । सन्दीप अहिले रिजर्भ खेलाडीका रुपमा छन् । भोलि नेपालले यूएईसँग दोस्रो महत्त्वपूर्ण खेल खेल्दैछ । पहिलो खेल (फागुन १५)मा पीएनजीलाई नेपालले ४ विकेटले पराजित भएको थियो ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - १२:११:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij