२०८२ भाद्र २ गते सोमवार
शेयर बजार खुलेको १ घण्टामै ५८ अंकले बजार घटेको छ । बजार खुलेसँगै सबैभन्दा बढी दबाब लघुवित्त समूहमै परिरहेको छ ।
लघुवित्तका लगानीकर्ताले राष्ट्र बैंकको पछिल्लो नीतिअनुसार आत्तिएर शेयर बेच्न थालेपछि असर बजारमा परेको हो ।
बजार खुलेको एक घण्टामा २ वटा लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागि सकेकेको छ । अरू ५ लघुवित्तको शेयर ९ प्रतिशतभन्दा बढीले घटेको छ ।
बिहीवार एकैदिन ३७ लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको थियो भने सबैजसो लघुवित्तका लगानीकर्ताले गुमाएका थिए ।
आइतवार बजार खुलेसँगै लगानीकर्ताले लघुवित्तकै शेयर बेच्न थालेकाले यो समूहमा बढी दबाब परिरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij