२०८२ फाल्गुण २८ गते बिहिवार
कृषि तथा पशुपालन क्षेत्रतर्फ कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन गरिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार उक्त परीक्षामा ३ हजार ४ सय ५३ जना उत्तीर्ण भएका छन्।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारी पत्रअनुरूप रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा नेपाली कामदार पठाउन गत माघ १८ देखि फागुन ५ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रतर्फका लागि कोरियन भाषा परीक्षा लिइएको थियो।
परीक्षामा सहभागी १० हजार ३ सय ९८ जनामध्ये ३ हजार ४ सय ५३ परीक्षार्थी उत्तीर्ण भएका हुन्।भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीको यही फागुन ८ गते भैँसेपाटीमा सीप परीक्षण हुने ईपीएस शाखाले जानकारी दिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij