२०८२ भाद्र ३ गते मंगलवार
आईसीसी लिग २ विश्वकप एकदिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाविरुद्ध जितका लागि नेपालले २ सय ७५ रनको विशाल लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७४ रनको योगफल तयार पारेको छ। पहिलो विकेटका लागि ओपनर लो हान्ड्रे लरेन्स र कार्ल ब्रिकेनस्टोकले ६४ रनको साझेदारी गरे। लरेन्स सन्दीपको बलमा बोल्ड आउट भए। कार्ल २० रनमा सन्दीपको बलमा क्याच आउट भए।
माइकल भान लिंगेन दिपेन्द्रको जोराको हातबाट २२ रनमा क्याच रन आउट भए। कप्तान गेहार्ड इरास्मस १५ रनमा सन्दीपको बलमा बोल्ड आउट भए। जान निकोल लिफ्टी–एटोन १५ रनमा करन केसीको बलमा क्याच आउट भए।
छैटाैँ विकेटका लागि जेन ग्रिन र पिक्की या फ्रान्सले ९४ रनको साझेदारी गर्दै नामिबियाको इनिङ्स उकासेका थिए। फ्रान्स ४९ रनमा सोमपाल कामीको बलमा रनआउट भए। ३९ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का हाने। जेन ग्रिन ७५ र रुबेन २४ रनमा नटआउट रहे। ग्रिनले ६३ बलमा ११ चौका र १ छक्का हाने। रुवेनले ७ बलमा ३ चौका र २ छक्का हाने।
नेपालका लागि सन्दीप लामिछानेले तीन तथा करण केसीले एक विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले ४६ रन खर्चे। नामिबियाविरुद्ध ३ विकेट लिएसँगै लिग २ मा ५० विकेट पूरा गर्ने सन्दीप नेपालका पहिलो बलर बने। नेपालका लागि करण केसी महंगा सावित भए। उनले ९ ओभरमा ७४ रन खर्चेर १ विकेट लिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij