Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

निक्षेप संकलनमा वृद्धि, दुई दिनमै १४ अर्ब रुपैयाँले बढ्यो निक्षेप

निक्षेप संकलनमा वृद्धि, दुई दिनमै १४ अर्ब रुपैयाँले बढ्यो निक्षेप


  • 2.6K
    Shares

    निक्षेप संकलनमा वृद्धि, दुई दिनमै १४ अर्ब रुपैयाँले बढ्यो निक्षेप

    वाणिज्य बैंकहरुमा निक्षेप संकलन वृद्धि भएको छ । बैंकहरुमा निक्षेप दुई दिनमै १३ अर्ब बढीले वृद्धि भएको छ ।
    नेपाल बैंकर्स संघका अनुसार माघ २७ गतेदेखि २९ गते (दुई दिनमै) थप १३ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन भएको हो ।

    बैंकर्स संघका अनुसार माघ २९ गते निक्षेप बढेर ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । गत माघ २७ गते भने बैंकहरुले ३ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । सो दिनसम्म बैंकहरुले ४७ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।

    सो अवधिमा बैंकहरुको कर्जा प्रवाह पनि वृद्धि भएको छ । दुईदिनमै बैंकहरुले थप ३ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गरेका हुन् । योसंगै माघ २९ गतेसम्म बैंकहरुको कर्जा प्रवाह ४२ खर्ब ९० अर्ब रुपैयाँ कायम भएको छ । यसअघि अर्थात माघ २७ गते भने बैंकहरुको कर्जा प्रवाह ४२ अर्ब ८७ करोड रहेको छ ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७९ बिहिवार - १७:११:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij