Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

द ब्रिटिस कलेजले बास्केटबल टोर्नामेन्ट आयोजना गर्ने, २६ फ्रेबअरीबाट सुरु

द ब्रिटिस कलेजले बास्केटबल टोर्नामेन्ट आयोजना गर्ने, २६ फ्रेबअरीबाट सुरु


  • 1.9K
    Shares

    द ब्रिटिस कलेजले बास्केटबल टोर्नामेन्ट आयोजना गर्ने, २६ फ्रेबअरीबाट सुरु

    द ब्रिटिस कलेजले इन्टर कलेज बास्केटबल टोर्नामेन्ट आयोजना गर्ने भएको छ । बास्केटबल टोर्नामेन्ट यही २६ फ्रेबअरीबाट सुरु हुनेछ । टिबीसी स्पोर्ट्स क्लबद्वारा आयोजना हुने यस टोर्नामेन्टमा १६ कलेजका टिमहरुबीच प्रतिस्पर्धा हुनेछ ।

    ब्रिटिस कलेजले दिएको जानकारी अनुसार विजेता टिमले ५० हजार नगद पुरस्कार पाउनेछन् भने उपविजेताले २५ हजार नगद पुरस्कार पाउनेछन् ।

    ब्रिटिस कलेजकै बास्केटबल कोर्टमा हुने खेल लिग कम नकआउट फर्म्याटमा खेलाइनेछ । उक्त प्रतिस्पर्धामा स्नातकमा अध्ययनरत विद्यार्थीहरुले मात्र सहभागीता जनाउन पाउनेछन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएका विद्यार्थीले भने खेल्न पाउने छैनन् ।

    TBC-Basketball-1_9aMU6SFY1M.jpg

    बास्केटबल टोर्नामेन्टमा सहभागी हुनका लागि १० हजार दर्ता शुल्क लाग्नेछ । त्यस्तै दर्ता गर्ने अन्तिम समय २२ फ्रेबअरी रहेको छ । थप जानकारीका लागि टिबिसी स्पोर्टस् संयोजक कवि चन्द्र राईलाई tbcsports@thebritishcollege.edu.np मा सम्पर्क गर्न सकिनेछ ।

    प्रकाशित मिति :माघ २६ २०७९ बिहिवार - ११:३४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij