Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

टर्कीमा भूकम्प: मृत्यु हुनेको संख्या ७ हजार ८ सय नाघ्यो

टर्कीमा भूकम्प: मृत्यु हुनेको संख्या ७ हजार ८ सय नाघ्यो


  • 2.5K
    Shares

    टर्कीमा भूकम्प: मृत्यु हुनेको संख्या ७ हजार ८ सय नाघ्यो
    images

    काठमाडौँ । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ८ सय नाघेको छ।

    टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    अमेरिकी जियोलोजिकल सर्वेका अनुसार सोमबार बिहान ७.५ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पले करिव ६ हजार भवनमा क्षति पुर्‍याएको छ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा ५,८९४ र सिरियामा कम्तीमा १,९३२ जनाको ज्यान गएको छ। टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    अहिले उद्धार तथा राहत कार्य जारी रहेको राष्ट्रपति एर्दोआनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    प्रकाशित मिति :माघ २५ २०७९ बुधवार - ११:११:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij