Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

इरानमा १० हजार कैदीको सजाय शर्तसहित माफी, रिहा गर्न आदेश

इरानमा १० हजार कैदीको सजाय शर्तसहित माफी, रिहा गर्न आदेश


  • 1.7K
    Shares

    इरानमा १० हजार कैदीको सजाय शर्तसहित माफी, रिहा गर्न आदेश
    images

    इरानका सर्वोच्च नेता अयातोल्ला अली खमैनीले १० हजारभन्दा धेरै कैदीलाई माफी दिएका छन्। उनको आदेशअनुसार ती सबै केदी रिहा हुँदैछन्। 

    माफी पाउनेहरुमा हालै मात्र सरकार विरोधी प्रदर्शनमा उत्रिएका पुरुष र महिला कैदी पनि सामेल रहेका छन्। इरानको सरकारी सञ्चारमाध्यमको एक रिपोर्टअनुसार यो माफी 'सशर्त' रहेको छ। 

    सर्वोच्च नेता खमैनीको यो निर्णय इस्लामी क्रान्तिको ४४ औँ वर्षगाँठको केही दिनपहिले आएको हो। ५ महिनाअघि 'ढंगले हिजाब नलगाएको' आरोपमा २२ वर्षीया महसा अमीनीको पुलिस कुटपिटबाट ज्यान गएको थियो। त्यसपछि पूरै इरानमा आन्दोलन उठेको थियो।

    महिलाहरु त्यहाँ हिजाब नलगाउने अडानसहित आन्दोलित छन्। उनीहरुको समर्थनमा पुरुषहरु पनि उत्रिएका छन्। यी मानिसहरु देशको मोर्यालिटी पुलिसको कडाइ र मनोमानीको विरोधमा प्रदर्शन गरिरहेका छन्। 

    आन्दोलन रोक्न पुलिसले त्यसबेला हजारौँ मानिसलाई गिरफ्तार गरेको थियो। अधिकारीहरुले यी प्रदर्शनलाई विदेशी समर्थनमा भएको 'दंगा' को संज्ञा दिएका थिए। 

    मानवाधिकार संगठनहरुका अनुसार अहिलेसम्म यो प्रदर्शनका क्रममा ५ सय भन्दा धेरैको ज्यान गइसकेको छ। 

    प्रकाशित मिति :माघ २३ २०७९ सोमवार - १४:३८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij