Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

रहेनन् पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफ

रहेनन् पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफ


  • 2.4K
    Shares

    रहेनन् पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफ
    images

    पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफको निधन भएको छ। पाकिस्तानी टेलिभिजन जियो न्युजका अनुसार ७९ वर्षीय मुसर्रफको आइतबार बिहान युएईको दुबईमा उपचारका क्रममा निधन भएको हो।

    मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए। उनी लामो समयदेखि बिरामी थिए। जनरल परवेज मुशर्रफले अक्टोबर १९९९ मा सैन्य विद्रोह गरेर पाकिस्तानको सत्ता हातमा लिएका थिए।

    २००१ को जुनमा उनले सैन्य प्रमुख रहँदै आफूलाई राष्ट्रपति घोषणा गरेका थिए। सन् २००२ अप्रिलमा एक विवादास्पद जनमत संग्रह गराउँदै मुशर्रफ पाँच वर्षको लागि पाकिस्तानको राष्ट्रपति बने।

    २००७ को अक्टोबर-नोभेम्वरमा मुशर्रफले पुन: राष्ट्रपतिको चुनाव जिते। तर उनले गराएको चुनावलाई सर्वोच्चले चुनौति दियो। यस पछि उनले देशमा संकटकाल लागु गर्दै मूख्य न्यायाधीश जस्टिस इफ्तिखार चौधरीको ठाउँमा एक नयाँ मुख्य न्यायाधीश नियुक्त गरे। जसले उनको चुनावलाई वैधानिकता दिए।

    २००८ अगष्टमा मुशर्रफले राष्ट्रपति पदबाट राजीनामा दिए। दुई मुख्य पार्टीले उनका विरुद्ध महाअभियोग लैजाने निर्णय गरेपछि राजीनामा दिएका थिए।

    राजद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएका मुसर्रफ पछिल्लो समय निर्वासनमा बस्दै आएका थिए। लाहोर उच्च अदालतले देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको बीबीसीले जनाएको छ। एजेन्सी  

    प्रकाशित मिति :माघ २२ २०७९ आइतवार - १२:२३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij