२०८२ भाद्र २ गते सोमवार
साताको अन्तिम सेयर कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २२.१२ अंकले घटेर २०९४ विन्दुमा अडिएको छ।
अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ४.९७ अंकले बढेको थियो। सो दिन १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रूपैयाँको सेयर खरिदबिक्री भएको थियो। साताको पहिलो, दोस्रो र तेस्रो कारोबार दिन नेप्से परिसूचक निरन्तर ओरालो लागेको थियो।
यसदिन २५७ कम्पनीको ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर २ अर्ब ९६ करोड ४ लाख १९ हजार १६१ रुपैयाँमा खरिदबिक्री भयो।
यसदिन एउटा मात्रै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
कारोबार रकमका आधारमा स्ट्याण्डर्ड चार्टड बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको १० करोड १३ लाख बढिको सेयर कारोबार भयो।
५ करोडको सेयर कारोबार गरी एनआईसी एसिया बैंक दोस्रो स्थानमा र ४ करोड मूल्य बढिको कारोबार गरी आईएमई जनरल इनस्योरेन्स तेस्रो स्थानमा रह्यो।
कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नेगेटिभ देखिएको छ। हाइड्रोपावर र लाइफ इन्स्योरेन्सको सूचक सर्वाधिक ओरालो लागेको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij