Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

भारतले कर के-केमा बढायो, के-केमा घटायो?

भारतले कर के-केमा बढायो, के-केमा घटायो?


  • 2.0K
    Shares

    भारतले कर के-केमा बढायो, के-केमा घटायो?
    images

    भारत सरकारले बुधबार ल्याएको बजेटले टेलिभिजन, मोबाइल लगायत वस्तुहरूको कर घटाएको छ भने सुन, चाँदी, सवारी साधन, विद्युतीय चिम्नी, खेलौना, साइकल लगायतमा कर बढाएको छ।

    भारतीय अर्थमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को बजेटले विद्युतीय सवारी साधनका लागि बनाइने ब्याट्रीमा प्रयोग हुने सामग्री तथा औजारमा सन् २०२४ मार्च ३१ सम्म कुनै पनि भन्सार शुल्क नलाग्ने घोषणा गरेको छ।

    मोबाइल फोनमा प्रयोग हुने क्यामरा लेन्समा २.५ प्रतिशत भन्सार लाग्दै आएकोमा अब नलाग्ने व्यवस्था गरिएको छ।

    त्यस्तै, टेलिभिजन प्यानल बनाउन प्रयोग हुने सामग्रीको भन्सार ५ प्रतिशतबाट घटाएर २.५ प्रतिशत बनाइएको छ। विद्युतीय चिम्नीको भन्सार ७.५ बाट बढाएर १५ प्रतिशत पुर्‍याइएको छ। भारतभित्रै चिम्नीको उत्पादन बढाउन यसमा प्रयोग हुने कोइलाको भन्सार भने २० बाट घटाएर १५ प्रतिशतमा सीमित बनाइएको छ।

    भारतले सवारी साधन आयात निरूत्साहित गर्न पार्टपूर्जा आयातमा भन्सार बढाएको छ। पहिले ३० प्रतिशत लाग्ने गरेकोमा बढाएर ३५ प्रतिशत पुर्‍याइएको छ।

    तयारी सवारी साधन आयातमा लाग्ने भन्सार पनि बढाइएको छ। ४० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका वा पेट्रोलबाट चल्ने तीन हजार सिसीभन्दा माथिका र डिजेलबाट चल्ने २५ सय सिसी माथिका सवारी आयातमा भन्सार शुल्क बढाएर ७० प्रतिशत पुर्‍याइएको छ। यसअघि यिनमा ६० प्रतिशत भन्सार लाग्दै आएको थियो। ४० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका विद्युतीय सवारी साधानमा पनि यही दर लगाइएको छ।

    मुलुकभित्रै सवारी साधन उत्पादनलाई बढावा दिन केही पार्टपूर्जा, टायर लगायतमा भन्सार नलाग्ने व्यवस्था गरिएको छ।

    चाँदी, चाँदीका बार, अन्य धातुका गरगहनाको पनि भन्सार शुल्क बढाइएको छ। यी वस्तुमा ६.१ देखि २० प्रतिशतसम्म भन्सार लाग्ने गरेकोमा अब १० देखि २५ प्रतिशतसम्म भन्सार लाग्ने भएको छ।

    साइकलमा ३० प्रतिशतबाट बढाएर ३५ प्रतिशत र खेलौनामा ६० प्रतिशतबाट बढाएर ७० प्रतिशत भन्सार शुल्क तोकिएको छ। चुरोटमा भने प्रति हजार खिलीको २ सयदेखि ६ सय भारू अन्तःशुल्क लाग्ने गरेकोमा अब २३० देखि ६९० भारू लाग्नेछ।

    प्रकाशित मिति :माघ १८ २०७९ बुधवार - १७:०३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij