Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

स्ट्याण्डर्ड चार्टर्ड बैंककाे ऋणपत्र माघ २६ गतेबाट खुल्ने, कति गर्ने लगानी ?

स्ट्याण्डर्ड चार्टर्ड बैंककाे ऋणपत्र माघ २६ गतेबाट खुल्ने, कति गर्ने लगानी ?


  • 2.3K
    Shares

    स्ट्याण्डर्ड चार्टर्ड बैंककाे ऋणपत्र माघ २६ गतेबाट खुल्ने, कति गर्ने लगानी ?

    स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले माघ २६ गते, बिहीबारबाट ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ ।

    जसमध्ये १४ लाख ४० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ९ लाख ६० हजार कित्ता सर्वसाधारणका लागि खुल्ला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ । सामूहिक लागानी कोषहरुले कुल ४८ हजार इकाइ पाउनेछन् । बाँकी ९ लाख १२ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

    यस ऋणपत्रमा वार्षिक १०.३० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म आवेदन दिन सकिनेछ । 

    त्यसैगरी, बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । ऋणपत्रमा छिटोमा फागुन १ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलो फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

    प्रकाशित मिति :माघ १८ २०७९ बुधवार - ११:१७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij