Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बोर्ड बैठकका लागि क्रिकेट संघका पदाधिकारीहरु पोखरामा

बोर्ड बैठकका लागि क्रिकेट संघका पदाधिकारीहरु पोखरामा


  • 1.9K
    Shares

    बोर्ड बैठकका लागि क्रिकेट संघका पदाधिकारीहरु पोखरामा

    नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकका लागि पदाधिकारीहरु पोखरा आइपुगेका छन् । बोर्ड बैठक १२ बजेदेखि लेकसाइडस्थित एक होटलमा सुरू हुने क्यानका एक सदस्यले जानकारी दिए ।

    उनका अनुसार आजको बैठकमा क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा, नेपाल टी-२० लिग आयोजनाका लागि सेभेन थ्री स्पोर्टससँग भएको सम्झौता तथा टी-२० लिगमा भएको विवाद लगायतबारेमा बैठकमा छलफल हुने छ ।

    ‘मुख्य एजेन्डा यिनै हुन् । तर, यसबाहेक आजको बैठकमा विभिन्न १०-१२ वटा जति एजेन्डामा छलफल हुने भन्नेछ,’ ती सदस्यले भने ।

    काठमाडौंदेखि पोखरा आएको क्यान पदाधिकारीले मंगलबार बिहान पोखरा रंगशालास्थित क्रिकेट मैदानको अवलोकन पनि गरेका छन् ।

    प्रकाशित मिति :माघ १७ २०७९ मंगलवार - ११:५०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij