Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै


  • 2.0K
    Shares

    अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
    images

    काठमाडौँ । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउने भएकी छिन् । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नुल्यान्ड दुई दिन नेपालमा  रहने कार्यतालिका रहेको परराष्ट्र स्रोतले बतायो । 

    नेपालमा रहेको अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार भ्रमणका क्रममा उनले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्नेछिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग उनले राजनीतिक भेटवार्ता गर्नेछिन्। 

    अमेरिकी सरकारले नेपालको पुनर्निर्माणमा गरेको सहयोग र केही सांस्कृतिक सम्पदास्थलको समेत उनले अवलोकन गर्नेछिन् । भोलि दिउँसो पत्रकार सम्मेलन गरेर उनले आफ्नो भ्रमणबारे जानकारी दिने पनि दूतावासले जनाएको छ । 

    प्रकाशित मिति :माघ १५ २०७९ आइतवार - १०:२८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij