Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

भारतमा उडिरहेका दुई लडाकु विमान ठोक्किएर खसे पछि....

भारतमा उडिरहेका दुई लडाकु विमान ठोक्किएर खसे पछि....


  • 2.0K
    Shares

    भारतमा उडिरहेका दुई लडाकु विमान ठोक्किएर खसे पछि....
    images

    भारतमा शनिबार बिहान वायुसेनाका दुई लडाकु विमान आपसमा ठोक्किएर दुर्घटना भएको छ। 

    भारतीय सञ्चारमाध्यमका अनुसार वायु सेनाका सुखोई–३० र मिराज–२००० विमान आपसमा ठोक्किएर दुर्घटनामा परेका हुन्।

    भारतीय पत्रिका दैनिक भास्करले अहिलेसम्म प्राप्त जानकारीअनुसार दुवै विमान ठोक्किएपछि दुई फरक ठाउँमा खसेको अनुमान गरिएको उल्लेख गरेको छ। एउटा विमान मध्यप्रदेशको मोरेनाको पहाडगढमा र अर्को राजस्थानको भरतपुरको पिङगोरामा दुर्घटना भएको बताइएको छ।

    दैनिक भास्करका अनुसार सुखोई मुरैना र मिरज भरतपुरमा खसेको चर्चा छ। दुर्घटनामा परेका दुवै लडाकु विमान ग्वालियर एयरबेसबाट उडेका थिए।

    मोरेनाका कलेक्टरले भने– दुई पाइलट बचे 
    मोरेना एसपी आशुतोष बागरीले दैनिक भास्करसँग भनेका छन्, ‘ग्वालियर वायुसेना स्टेसनबाट वायुसेनाका दुईवटा विमान टेक अफ भएको जानकारी प्राप्त भएको थियो। जसमध्ये एउटा पहाडगढमा दुर्घटना भएको छ। हामी अर्को विमान खोजिरहेका छौं।’

    मोरेनाका कलेक्टर अंकित अस्थानाले दुई पाइलटलाई बचाइएको दाबी गरेका छन्। उनका तस्बिर पनि दैनिक भास्करमा आइरहेका छन्। तर घटनास्थलबाट केही यस्ता तस्बिर भेटिएका छन्, जसका कारण कसैको ज्यान गएको पनि आशंका गरिएको छ।

    प्रकाशित मिति :माघ १४ २०७९ शनिवार - १५:०५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij