Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

माडागास्करमा आँधीबाट १६ को मृत्यु, १९ बेपत्ता

माडागास्करमा आँधीबाट १६ को मृत्यु, १९ बेपत्ता


  • 3.6K
    Shares

    माडागास्करमा आँधीबाट १६ को मृत्यु, १९ बेपत्ता
    images

    एजेन्सी / माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको छ। त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हराइरहेको समाचारमा जनाइएको छ ।प्राप्त समाचार अनुसा माडागाकस्करको सेनेसो क्षेत्रमा केही दिनदेखि आँधी आएको छ ।
     
    सो आँधीमा परेर बिहीबार सम्ममा १६ जनाको ज्यान गएको छ भने अरु १९ जना हराएका छन् । यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रकाअनुसार अहिले पनि आँधीको त्रास हुनसक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन भनिएको छ । 

    सो केन्द्रले यहाँका ५५ हजार जना भन्दा बढी नागरिक आँधीबाट प्रभावित भएका छन् । उनीहरुमध्ये २५ हजार जनाभन्दा बढीलाई घरबाट अन्यत्रै सारिएको छ भने अरु केहीलाई सतर्क रहन भनिएको छ । यहाँका अधिकारीहरुले प्रकोपमा परेर १३ हजार घरमा बाढी पसेको छ भने अरु पाँच सय घर बाढीले बगाएको बताएका छन् । 

    प्रकाशित मिति :माघ १३ २०७९ शुक्रवार - १५:०१:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij