Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

प्रभु बैंकको सीईओमा पुनः अशोक शेरचन नियुक्त

प्रभु बैंकको सीईओमा पुनः अशोक शेरचन नियुक्त


  • 2.3K
    Shares

    प्रभु बैंकको सीईओमा पुनः अशोक शेरचन नियुक्त
    images

    काठमाडौं । अशोक शेरचन पुनः प्रभु बैंकको प्रमुख कर्याकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेरचनलाई सीईओमा पुनः नियुक्त गरेको हो ।

    माघ २०७५मा सीईओमा नियुक्त भएका उनी सेञ्चुरी बैंकसँग मर्जर लगत्तै सीईओमा तेहेरिएका हुन् । १८ माघदेखि उनले ४ वर्षीय तेस्रो कार्यकालय सुरु गर्नेछन् ।

    एउटा बैंकमा २ कार्यकालभन्दा बढी सीईओ हुन नपाउने व्यवस्था भएपनि मर्जरमा गएका बैंकका लागि यो नियममा छुट पाउँछन् ।

    सन् १९९५ मा तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करियर थालेका उनले बैंकिङ क्षेत्रमा २७ वर्षको अनुभव हासिल गरेका छन् ।

    नेपाल बंगलादेश बैंक, प्रभु फाइनान्स र प्रभु विकास बैंक हुँदै उनी प्रभु बैंकको सीईओ बनेका थिए । २६ पुसबाट सेञ्चुरी बैंक प्राप्ति गरेर प्रभुले एकीकृत कारोबार थालेको थियो ।

    प्रकाशित मिति :माघ १३ २०७९ शुक्रवार - १२:४५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij