Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

साउथका चर्चित ३३ वर्षीय अभिनेता बर्माले गरे आत्महत्या

साउथका चर्चित ३३ वर्षीय अभिनेता बर्माले गरे आत्महत्या


  • 2.0K
    Shares

    साउथका चर्चित ३३ वर्षीय अभिनेता बर्माले गरे आत्महत्या
    images

    साउथका चर्चित अभिनेता सुधीर बर्माले ३३ वर्षको उमेरमा आत्महत्या गरेका छन्।

    प्रहरीका अनुसार माघ १० गते उनले विष खाएर आत्महत्या गर्ने प्रयास गरेका थिए। उनले हैदराबादस्थित आफन्तको घरमा गएर विष पिएको बताइएको छ। त्यसयता हैदरावादको उस्मानिया अस्पतालमा उनको उपचार भइरहेको थियो तर उनी बाँच्न सकेनन्। काम नपाएका कारण सुधीर डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

    सुधीरको २३ जनवरीमा मृत्यु भएको हो। उनको विशाखापट्टनमको एक निजी अस्पतालमा उपचार भइरहेको थियो। उनको हिजो सोही अस्पतालमा निधन भएको हो। अभिनेता सुधाकर कोमकुलाले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै सुधीरको मृत्युको खबर सार्वजनिक गरेका छन्। 

    लामो समयदेखि राम्रो भूमिका र काम नपाएका कारण सुधीर डिप्रेसनमा थिए। जसका कारण उनले आत्महत्याको कदम उठाएको उल्लेख गरिएको छ। सुधीरका साथी तथा सहकलाकार सुधाकर कोमाकुलले सामाजिक सञ्जालमार्फत उनलाई श्रद्धाञ्जली दिएका छन्।

    सुधाकरले आफ्नो ट्विटरमा लेखेका छन्, ‘यस्तो प्यारो र राम्रो मान्छे। म विश्वास गर्न सक्दिनँ कि तपाईं अब यो संसारमा हुनुहुन्न। ओम शान्ति!’

    अभिनेत्री चाँदनी चौधरीले ट्विटरमा लेखेकी छन्, ‘सुधीर, तिम्रो प्रस्थानले मेरो मुटु टुटेको छ। तिमी महान् अभिनेता थियौ। हामीले तिमीलाई सम्झिरहने छौँ।’

     

    प्रकाशित मिति :माघ ११ २०७९ बुधवार - १३:४९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij