Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

पाकिस्तानमा देशभर विद्युत् सेवा बन्द फेरि आउन १२ घन्टा लाग्ने, जनजीवन प्रभावित

पाकिस्तानमा देशभर विद्युत् सेवा बन्द फेरि आउन १२ घन्टा लाग्ने, जनजीवन प्रभावित


  • 2.5K
    Shares

    पाकिस्तानमा देशभर विद्युत् सेवा बन्द फेरि आउन १२ घन्टा लाग्ने, जनजीवन प्रभावित

    पाकिस्तानमा देशभर विद्युत् सेवा बन्द भएको छ । बिहान साढे सात बजे राष्ट्रिय ग्रिडमा समस्या आएपछि देशभर विद्युत् सेवा बन्द भएको पाकिस्तानको ऊर्जा मन्त्रालयलले विज्ञप्ति निकालेर जनाएको छ ।

    अहिले पनि सबैभन्दा ठूलो सहर कराँची, राजधानी इस्लामावाद लगायत लाहोर, पेशावर लगायतका सहरमा विद्युत् सेवा बन्द रहेको बीबीसीले जनाएको छ । फेरि बिजुली आउनका लागि १२ घन्टा लाग्ने पाकिस्तानका ऊर्जामन्त्री खुर्रम दस्तगिरले बताए 

    पाकिस्तानको बिजुली वितरण प्रणाली नाजुक र जोखिमपूर्ण रहेको कारण ग्रिडको एक भागमा आएको समस्याले देशभरी सेवा बन्द गर्नुपर्ने अवस्था रहेको खबरमा उल्लेख छ ।

    पछिल्लो दुई वर्षमा देशभर तीन घण्टाभन्दा धेरै समय विद्युत् सेवा बन्द भएको आज दोस्रोपटक हो । यसैबीच संसद भवनमा विद्युत् आपूर्ति बन्द भएपछि पाकिस्तानको राष्ट्रिय सभाको कार्यालय र सिनेट सचिवालय तीन दिनका लागि बन्द गरेको बीबीसीले जनाएको छ ।

    सिनेटका अध्यक्ष र राष्ट्रिय सभाका सभामुखले जतिसक्दो चाँडो काम गर्न र सावधानी अपनाउन अधिकारीहरूलाई आग्रह गर्दै आज बेलुका ४ बजेदेखि बुधवार बिहान ११ बजेसम्मका लागि हुने सबै बैठकहरू स्थगित गर्नुभएको छ ।  

    प्रकाशित मिति :माघ ९ २०७९ सोमवार - १५:३३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij