Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

एभरेष्ट बैंकको ऊर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट बैंकको ऊर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


  • 1.8K
    Shares

    एभरेष्ट बैंकको ऊर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
    images

    एभरेष्ट बैंक लिमिटेडको पुस २५ गतेदेखि विक्रीमा आएको १० वर्षे अवधिको ऋणपत्र खरीद गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामको ऋणपत्र निष्काशन गरेको हो ।

    यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ ।बैंकले प्रति ऋणपत्र रू. १ हजार अंकित दरको रू.२ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

    कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्न लागिएको हो । 

    सर्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

    बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुसँगै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ ।

    ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर नेपालले बैंकलाई न्यून कर्जा जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । 

    प्रकाशित मिति :माघ ९ २०७९ सोमवार - ११:१७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij