Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

लस एन्जलस गोलीकाण्डका संदिग्ध व्यक्तिको शव भ्यानमा भेटियो, आफैंले गोली चलाएको आशंका

लस एन्जलस गोलीकाण्डका संदिग्ध व्यक्तिको शव भ्यानमा भेटियो, आफैंले गोली चलाएको आशंका


  • 2.5K
    Shares

    लस एन्जलस गोलीकाण्डका संदिग्ध व्यक्तिको शव भ्यानमा भेटियो, आफैंले गोली चलाएको आशंका

    काठमाडौं । लस एन्जलस सामूहिक गोलीकाण्डका संदिग्ध व्यक्तिले आफैंलाई गोली हानेका छन्। पुलिसले घेरा हालेपछि उनले आफ्नै भ्यानमा गोली हानेको प्रहरीले जनाएको छ ।

    शनिबार राति अमेरिकाको लस एन्जलसको बलरूम डान्स क्लबमा गोली चलेको हो । यस गोलीकाण्डमा हालसम्म १० जनाको मृत्यु भइसकेको छ भने १० भन्दा बढी घाइते भएका छन् । त्यसयता प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको थियो । प्रहरीले शंकास्पदलाई घेराबन्दी गरेको थियो । त्यसपछि उनले प्रहरीबाट बच्न भ्यानमै गोली हानेका थिए ।

    प्रहरीले भ्यानमा म्यागजिन लोड गरिएको अर्ध-स्वचालित पेस्तोल  पनि फेला पारेको छ । उक्त हतियार प्रहरीले लस एन्जलस गोलीकाण्डमा प्रयोग भएको आशंका गरेको छ। यद्यपि यसबारे प्रहरीले कुनै पुष्टि गरेको छैन ।

    स्थानीय समुदायले ‘लुनार नयाँ बर्ष’ मनाइरहेका बेला मोन्टेरे पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएका हुन् ।

    लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन एन्ड्रयु मेयर्सका अनुसार अधिकारीहरुले शनिबार राति १०बजेर २० मिनेट जाँदा आपतकालिन कलको जवाफ दिएका थिए ।

    लस एन्जलसशहरबाट करिब १३ किलोमिटर पूर्वमा रहेको मोन्टेरी पार्कमा ठूलो सङ्ख्यामा एशियालीहरूको बसोबास छ ।मोन्टेरी पार्कमा करिब ६१ हजार मानिसहरू बस्छन्, जसमध्ये अधिकांश एसियाली वा एसियाली मुलका अमेरिकी हुन् ।

    बन्दूक हिंसासम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने एउटा वेबसाइटका अनुसार गत वर्ष ६४७ वटा सामूहिक गोलीकाण्ड भएको संयुक्त राज्य अमेरिकामा सामुहिकरूपमा हुने बन्दुक हिंसा एउटा ठूलो समस्या रहेको छ । अमेरिकी कानुनले चार वा सोभन्दा बढी व्यक्तिले गोली हानेको वा मारिएको घटनालाई सामुहिक गोलिकाण्डका रूपमा परिभाषित गरिएको छ ।

    अमेरिकामा सन् २०२२ मा गोली लागेर ४४ हजारभन्दा बढीको मृत्यु भएको थियो, जसमध्ये आधाभन्दा बढी आत्महत्यासम्बन्धी घटना थिए ।

    अमेरिकामा तीन वयस्कहरूमध्ये एकसँग कम्तीमा एउटा हतियार रहेको छ र दुई वयस्कहरूमध्ये लगभग एक जना हतियार भएको घरमा बस्छन् ।

     

    प्रकाशित मिति :माघ ९ २०७९ सोमवार - १०:५२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij