Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

अमेरिकी राष्ट्रपति बाइडेन निवासमा छापा, ६ वटा गोप्य दस्तावेज बरामद

अमेरिकी राष्ट्रपति बाइडेन निवासमा छापा, ६ वटा गोप्य दस्तावेज बरामद


  • 2.0K
    Shares

    अमेरिकी राष्ट्रपति बाइडेन निवासमा छापा, ६ वटा गोप्य दस्तावेज बरामद

    अमेरिकामा न्याय मन्त्रालयका जाँचकर्ताहरुले राष्ट्रपति जो बाइडेनको डेलावेयरस्थित घरमा छापा मारेका छन्।

    उक्त छापाका क्रममा अधिकारीहरुले ६ भन्दा धेरै गोप्य दस्तावेज बरामद गरेका छन्। यो समाचारको पुष्टि अमेरिकी राष्ट्रपति बाइडनका वकिले पुष्टि गरेका छन्। 

    यही शुक्रवार यस्ता दस्तावेज बाइडेनकव विलमिङ्ग्टनस्थित घरबाट पनि बरामद भएका थिए। यी दस्तावेज बाइडेन उपराष्ट्रपति र सिनेटर हुँदाको समयका हुन्। 

    वकील बब बवरका अनुसार बाइेडन आफैंले लेखेका नोट र त्यससँग सम्वद्ध दस्तावेज पनि बरामद भएका छन्। यो छानबिन करिब १३ घण्टसम्म चलेको थियो। यो छानबिन चलिरहेका बेला राष्ट्रपति बाइडेन र उनकी पत्नी त्यो घरमा थिएनन्। 

    वकील बबकाअनुसार राष्ट्रपतिले उप-राष्ट्रपति रहँदाको समयमा दस्तावेज र गोप्य कागजपत्रबारे आफ्नो घरमा छानबिनका लागि न्याय मन्त्रालयलई इजाजत दिएका हुन्। 

    यसै महिनाको सुरुमा बाइडेनका वकिलले यस्ता गोप्य दस्तावेज २ नोभेम्बरमा पेन बाइेडन सेन्टरबाट मिलेको बताएका छन्। 

    यस थिङ्क ट्यांक सेन्टरको स्थापना राष्ट्रपतिले वासिङ्गटनमा गरेका थिए। यस्तै केही अन्य दस्तावेज २० डिसेम्बर र १२ जनवरीमा पनि भेटिएका थिए।  

    राष्ट्रपतिको टिमले भने यी दस्तावेजलाई राष्ट्रिय संग्रहालय र न्याय मन्त्रालयलाई सुम्पिएको बताएको छ। यस जाँचको जिम्मेवारी सम्हाल्नका लागि स्पेशल काउन्सिलर रोबर्ट हरलाई नियुक्त गरिएको छ। यी दस्तावेजलाई अब के गर्ने भन्ने निर्णय उनैले लिने भएका छन्। 

    यी दस्तावेज यस्तो समयमा फेला परे जुन बेला पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सयौँ गोप्य दस्तावेजलाई गलत रुपमा राखेको आरोपमा छानबिनको सामना गरिरहेका छन्। 

    प्रकाशित मिति :माघ ८ २०७९ आइतवार - ११:५२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij