Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

किन मानिसलाई यौनप्रति चासो बढ्छ ? यस्ता छन्, यौनसँग सम्बिन्धित ८ घतलाग्दा कुरा !

किन मानिसलाई यौनप्रति चासो बढ्छ ? यस्ता छन्, यौनसँग सम्बिन्धित ८ घतलाग्दा कुरा !


  • 7.5K
    Shares

    किन मानिसलाई यौनप्रति चासो बढ्छ ? यस्ता छन्, यौनसँग सम्बिन्धित ८ घतलाग्दा कुरा !
    images

    मान्छेलाई यौनप्रति स्वभाविक चासो हुन्छ । यद्यपि यस सम्बन्धमा खुला बहस वा टिकाटिप्पणी गर्नु शोभनिय मानिदैन, खासगरी हाम्रो समाजमा । त्यसैले धेरैजसोले यौनप्रति उठ्ने जिज्ञासाहरु मेट्न पुस्तक, पत्रपत्रिका, इन्टरनेट आदिको मद्दत लिन्छन् ।

    भनिन्छ, जुन कुरा बढी लुकाइन्छ त्यसप्रति चासो र सरोकार अरु बढ्छ । यौनप्रति पनि यस्ता अनगिन्ती चासो मान्छेका मनभित्र गुम्सिएका छन् । मान्छेले के कस्ता कुरामा चासो राख्छन् ? 

    के यौन सम्पर्कको क्रममा महिलाहरू चरम सुखसम्म पुग्न सक्छन् ?

    यदि महिलाको साथमा यौन सम्पर्कभन्दा पहिले महिलासाथीसँग यौन उत्तेजना आउने कुरा नगर्ने हो भने यौन सम्पर्कको क्रममा अर्गेज्म प्राप्त हुन सक्दैन । धेरै महिलाहरूको साथमा यो समस्या हुन सक्छ । यस्तोमा पुरुषले नै यौन सम्पर्कभन्दा पहिले महिलासँग प्रेमले भरिएको कुराकानी गर्नुपर्छ । त्यसबाट महिलालाई उत्तेजित गराउने र त्यसपछि महिलाको संवेदनशील अंगमा छुनुपर्छ । महिलालाई जति धेरै मानसिक रुपमा उत्तेजित गर्न सकिन्छ, उति नै धेरै यौनको मजा लिन सकिन्छ ।

    धेरै छिटो स्खलित हुने समस्यालाई कसरी समाधान गर्ने ?

    यौन आनन्द लिनको लागि लामो समय बिस्तारामा समय बिताउनु पर्छ नै भन्ने त छैन । छोटो समयमा पनि हामीले चरम उत्कर्ष र चरम आनन्द लिन सक्छौं । तर यसको लागि बिस्तारामा कति समय बिताउन सकिएला भन्ने चिन्तालाई सबैभन्दा पहिले हामीले भुल्नुपर्ने हुन्छ । यसको लागि धेरै समय महिलालाई उत्तेजनामा ल्याउने जस्ता कार्य पहिले गरौं । यौन सम्पर्कको लागि ३ देखि १३ मिनेटको समय उपयुक्त मान्ने गरिन्छ । तर बिस्ताराको विषयमा चिन्ता भने लिनु हुन्न ।

    यौन सम्पर्कको सुरुवात कसरी गर्ने ?

    प्रायः यौन सम्पर्कको सुरुवात गर्ने जिम्मेवारी पुरुष साथीसँग बढी हुन्छ । जबकि महिलाले केवल पुरुषलाई सपोर्ट मात्रै गर्ने गर्छन् । तर सधैं महिलाले सपोर्ट गर्ने र पुरुषले नै यौन सम्पर्कको सुरुवात गर्नुपर्छ भन्ने पनि हुँदैन । यदि आफ्नो सम्बन्धमा तपाईं सर्माउने खालका हुनुहुन्छ भने आफ्नो यौन सम्पर्क गर्न लागेको साथीलाई केही उत्तेजित सन्देशहरू पठाउन सक्नुहुन्छ । बिस्तारै बिस्तारै कुराकानी अघि बढ्न थालेपछि दुवै एक अर्काकोे नजिक आउनु पर्छ । आमनेसामने एक अर्कोसँग कुराकानी गर्ने र बिस्तारै यौन क्रियामा अघि बढ्दा यौनको आनन्द दुई गुणा बढी हुने गर्छ ।

    के लगातार यौन सम्पर्क राख्दा महिलाको योनी शिथिल हुन्छ ? 

    समय गुज्रिँदै जाँदा केही महिलामा यस्तो समस्या पनि हुन सक्छ । तर ज्यादातर महिलाको साथ यस्तो हुँदैन । महिलाहरू यौनको मजा हरेक स्थितिमा लिन सकिन्छ । बस् पुरुष साथीले महिलालाई उत्तेजित गर्न सक्नुपर्छ ।

    के यौन सन्तुष्टिको लागि पुरुषको गुप्ताङ्गको आकारले असर गर्छ ?

    महिला र पुरुषको शारीरिक र मानसिक स्थितिमा यौन सम्पर्कको मजा भर पर्ने गर्छ । पुरुषको गुप्तांगको आकार यसमा सहायक हुने गर्दैन ।

    के महिलालाई गुद्वारमा गरिएको यौनसम्पर्कमा मजा आउने गर्छ ?

    केही महिलाहरू गुद्वारमा गरिने यौनसम्पर्कलाई पनि मजा मान्ने गर्छन् भने केहीलाई यो अनावश्यक लाग्ने गर्छ । विभिन्न अध्ययनहरूले यस किसिमको यौन सम्पर्क गर्ने महिलाहरूको संख्या धेरै हुने गरेको देखाएको छ । यसमा केही नोक्सानी हुन्छ कि हुँदैन ? भन्ने यकिन नभएका कारण धेरैले यसलाई सहजै स्वीकार्ने गरेका त छैनन् । तर यो किसिमको यौन सम्पर्कमा महिला र पुरुषलाई समेत बढी आनन्द आउने गरेको अध्ययनले देखाएको छ ।

    के सम्भोगको समयमा स्खलन रोक्नु खतरनाक कुरा हो ?

    धेरैलाई जिज्ञासा हुन सक्छ कि सम्भोगको समयमा स्खलन रोक्नु के खतरनाक हुन्छ ? तर कुनै पनि वैज्ञानिक कारण अहिलेसम्म पत्ता लागेको छैन कि सम्भोगको समयमा स्खलन रोक्दा शरीरलाई नोक्सानी हुन्छ भन्ने । बरु यही तरिकाले पुरुषले लामो समयसम्म यौन सम्पर्क गर्न सक्छन् वा शीघ्रपतनबाट जोगिने यो अर्को उपाय पनि हो ।

    पत्नीलाई यौन सम्पर्कको लागि कसरी राजी गर्ने ?

    जब पुरुषले यौन सम्पर्कको समयमा नयाँ नयाँ तरिका अपनाउनु हुन्छ भने त्यस्तो अवस्थामा पत्नीले यौनबाट नयाँ आनन्द लिन सक्छिन् । कैयौं पटक एकै किसिमको यौन आसनले महिलामा उदासीनता आउन सक्छ । त्यसैले जसरी पनि हरेक पल्टको यौन क्रियाकलापमा सकेसम्म नयाँनयाँ आसनमा यौन सम्पर्क गर्ने गरौं । यसले महिला साथी पनि यौन सम्पर्कमा सहजै स्वीकार्ने गर्छन् ।

    प्रकाशित मिति :माघ २७ २०७७ मंगलवार - १४:१५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij