Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षमा प्रियंका

‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षमा प्रियंका


  • 2.2K
    Shares

    ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षमा प्रियंका
    images

    केही समय स्थगित भएको ‘मुन्द्रेको कमेडी क्लब’ पुनः सञ्चालन हुँदैछ । यसअघिको संस्करणमा कमेडी क्लबको अध्यक्षमा नायिकाद्वय दीपाश्री निरौला र करिस्मा मानन्धर रहेका थिए । तर, आगामी नयाँ संस्करणमा भने नयाँ व्यक्तिको अनुहार देख्न पाइने भएको छ ।

    कमेडी क्लबको नयाँ संस्करणको अध्यक्षमा नायिका प्रियंका कार्कीलाई लिएर कार्यक्रम सञ्चालक जितु नेपालले बुधबार महाराजगञ्जको एक ब्याङ्क्वेटमा कार्यक्रमको प्रोमोसमेत छायांकन गरिसकेको बताइएको छ । साथै, यसपालीको नयाँ सिजनमा प्रियंकासहित अन्य नयाँ कलाकारहरुको ‘इन्ट्री’ हुने भएको छ ।

    तेस्रो सिजनको कमेडी क्लबमा हास्य कलाकार दमन रुपाखेतीसहितका कलाकारहरु प्रवेश गरेका छन् । दमनसँगै श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ यो कार्यक्रममा नयाँ कलाकारका रुपमा भित्रिएका छन् ।

    चर्चित पात्र फुलन्देको आमाको ठाउँमा यसपटक जितुको सानीआमालाई प्रवेश गराइँदैछ ।

    प्रकाशित मिति :पौष २१ २०७९ बिहिवार - १६:२१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij